(अ) Biological Group मा अध्ययन गर्न चाहनेका लागि रसायनशास्त्र र बायोलोजी विषयमा २००/२०० पूर्णाङ्क लिई कम्तीमा दोस्रो श्रेणी वा प्रत्येक विषयको Final Grade C ल्याई उतीर्ण भएको हुनुपर्नेछ । अन्य विषयहरु उत्तीर्ण भई कम्तीमा GPA 1.6 प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ ।
(आ) Physical Group मा अध्ययन गर्न चाहनेका लागि भौतिकशास्त्र र गणित विषयमा २००/२०० पूर्णाङ्क लिई कम्तीमा दोस्रो श्रेणी वा प्रत्येक विषयको Final Grade C ल्याई उतीर्ण भएको हुनुपर्नेछ । अन्य विषयहरु उत्तीर्ण भई कम्तीमा GPA 1.6 प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ ।
(अ) Biological Group मा अध्ययन गर्न चाहनेका लागि रसायनशास्त्र र बायोलोजी विषयमा कम्तीमा Final Grade D (with or without small letter) ल्याई उतीर्ण भएको हुनुपर्नेछ । अन्य विषयहरु उत्तीर्ण भई कम्तीमा Grade E प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ ।
(आ) Physical Group मा अध्ययन गर्न चाहनेका लागि भौतिकशास्त्र र गणित विषयमा कम्तीमा Final Grade D (with or without small letter) ल्याई उतीर्ण भएको हुनुपर्नेछ । अन्य विषयहरु उत्तीर्ण भई कम्तीमा Grade E प्राप्त गरी उत्तीर्ण गरेको हुनुपर्नेछ ।
विदेशी शैक्षिक संस्था वा विश्वविद्यालयबाट प्राप्त गरेको शैक्षिक योग्यताको हकमा पाठ्यक्रम विकास केन्द्र, सानोठिमी भक्तपुरबाट समकक्षता प्राप्त गरेको कागजात पेस गर्नुपर्नेछ ।Please check your eligibility criteria before depositing the Entrance Application Fee. The application fee once submitted will not be refunded under any circumstances.
प्रवेश परीक्षा बापत बुझाएकाे रकम फिर्ता हुने छैन । त्यसैेले आवश्यक न्यूनतम याेग्यता पूरा भए नभएकाे रुजु गर्नुहाेला ।
मान्यता प्राप्त शिक्षण संस्था वा माध्यमिक विद्यालयबाट विज्ञान विषय लिई कक्षा १२ वा सो सरहको परीक्षामा बढीमा दुई विषयमा अनुत्तीर्ण Non Graded (NG) भई ग्रेड सुधारका लागि परीक्षा दिई नतिजा प्रकाशित हुन बाँकी रहेका परीक्षार्थीहरुले समेत आवेदन दिन तथा प्रवेश परीक्षामा सामेल हुन पाउनेछन् । त्यस्ता परीक्षार्थीले तोकिएको न्यूनतम योग्यता पूरा गर्न नसकेमा भर्ना हुन पाउनेछैनन् ।